पोखरामा निगाता र इडु ब्रिज कन्सल्टेन्सीको साझेदारी, एकसाथ सेवा दिने
पाेखरा | चैत १८, २०७९
पोखरा: काठमाडौंमा केन्द्रीय कार्यालय रहेको इडु ब्रिज कन्सल्टेन्सीले पोखराबाट आफ्नो सेवा प्रदान गर्ने भएको छ ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटसँगको साझेदारीमा सेवाा दिने भएको हो ।
इडु ब्रिज कन्सल्टेन्सीले सेवा प्रदान गर्ने इडु ब्रिज कन्सल्टेन्सीका प्रबन्धक निर्देशक योगेश क्षेत्रीले विदेशमा उच्च शिक्षा हाँसिल गर्न इच्छुक विद्यार्थीहरुका लागि निगातासँगको सहकार्यमा सेवा प्रदान गर्ने जानकारी दिए ।
उनले विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहरुका लागि इडु ब्रिज कन्सल्टेन्सीले काठमाडौंबाट सेवा प्रदान गर्दै आएको बताउदै अबको दिनमा पोखरेली विद्यार्थीहरुलाई मध्यनजर गर्दै सेवा बिस्तार गरेको जानकारी दिए ।
‘विगत २२ वर्षदेखि काठमाडौंबाट इडु ब्रिज कन्सल्टेन्सीमार्फत सेवा दिदैं आएका छौं । निर्देशक क्षेत्रीले भने, ‘युके, युसए, अष्ट्रेलिया, क्यानडा र भारत लगायतका देशमा अध्ययनका लागि धेरै विद्यार्थीहरु राम्रो कलेज र युनिभर्सिटीमा अवसर दिइसकेका छौं । त्यसैले अझ सेवाको दायरा फराकिलो बनाउने पोखरासम्म आएका हौं ।’
इडु ब्रिजको पोखराबाट सेवा बिस्तार भएपछि निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले नै जिम्मेवारी बहन गर्नेछन् ।
निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटले जापान, न्यूजिल्याण्ड, नेडरल्याण्ड, युके, युसए, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकमा विद्यार्थी भिसामा अवसर प्रदान गर्दै आएको छ । यद्यपी निगाता जापानका लागि ब्राण्ड बनिसकेको छ ।
आगामी दिनमा निगातालाई जापानसँगै युरोपका अन्य मुलुकको ब्राण्ड बनाउनका लागि इडुुसँग सहकार्य गरेको निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए ।
उनले विद्यार्थीहरुलाई निगाताले मुख्यतः जापान पठाउदै आएको बताउदै अन्य मुलुकहरुमा पनि जान चाहने विद्यार्थीहरुलाई मौका दिदैं आएको जानकारी दिए ।
‘हामीले जापानसँगै युरोपका विभिन्न मुलुकहरु युके, क्यानडा अष्ट्रेलिया लगायतका देशहरुमा पनि पठाउदै आएका छौ । तरपनि निगाता जापानको ब्राण्ड बनिरहेको छ, उनले भने, अबका दिनमा हामी इडु ब्रिजसँगको सहकार्यमा जापान लगायत अन्य युरोपका मुलुकमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्नेछौं ।’
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...

